- डा. शिष्टता राज भण्डारी
काठमाडौं - जाडो मौसममा हावामा आद्रता कम हुन्छ । साथै पसिना पनि आउदैँन यस्तोमा छालाको उचित हेरविचार नगरे छाला सुख्खा हुने, फुस्रो हुने, चमक नहुने र चिलाउने जस्ता समस्याहरु देखापर्न सक्छन् । त्यसैले छालालाई जोगाउन विभिन्न उपायहरु अपनाउन पर्छ ।
छालाको प्रकार हेरेर मोस्चराइजर लगाउनुपर्छ । फुस्रो छाला भएकाहरुले बाक्लो, तेल बढि भएको मोस्चराइजर क्रिम लगाउनुपर्छ । भने चिल्लो छाला भएकाहरुले पानिको मात्रा तेल भन्दा बढि भएको अर्थात लोसन प्रयोग गनुपर्छ ।
जाडो महिनामा घामको प्रकाश सबैलाई प्यारो लाग्छ । लामो समयसम्म घाम ताप्नाले अनुहारमा चाया पोता, चाउरीपना, दाग धब्बा जस्ता समस्याहरु आउँन सक्छन् । अनुहारलाई घामबाट बचाउनका लागी सन्स्क्रीमको प्रयोग गनुपर्छ । सन्स्क्रीम ३० देखि ५० एसपिएफ भएको ३ वा ४ घण्टाको अन्तरालमा पर्याप्त मात्रामा प्रयोग गनुपर्छ ।
जाडोमा पानि प्रशस्त पिउनुपर्छ । साथै भिटामिन इ, ओमेगा थ्री र फ्याटि एसिड प्रशस्त मात्रामा भएको खानेकुराहरु जस्तै माछा, बदाम र हरियो सागपात खानुपर्छ ।
धेरै तातो पानिले नुहाउनु हुदैँन । नुहाइसकेपछि छाला सुख्खा गरेर पुस्नु हुदैँन । अलि अलि पानि रहँदै मोस्चराइजर लगाउनुपर्छ । साथै कडा खालको नुहाउने साबुन कपडा धुने साबुन र सर्फको प्रयोग गर्नहुदैँन ।
त्यस्तै कपालमा पनि कम केमिकल भएको सेम्पुहरु प्रयोग गनुपर्छ । जाडोमा कपाल पटक पटक धुनुहुदैँन । नुहाउँदा कन्डिसनल र तेलको प्रयोग गर्नाले कपाल झर्ने हाँगा फाट्ने समस्या कम हुन्छ ।
(छाला रोग बिशेषज्ञ डा. शिष्टता राज भण्डारीसँगको कुराकानिमा आधारीत )