काठमाडौं । अफगानिस्तानबाट मंगलबार ११२ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिकको उद्धार गरिएको हो ।
योसँगै हालसम्म अफगानिस्तानबाट ७७० जना नेपाली नागरिकको उद्धार भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्धार गरिएका नेपाली नागरिकलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र भारतको नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको ।