तर सभापति देउवाले क्रियाशील सदस्यता सार्वजनिक गर्न चासो नदिएपछि पौडेल पक्षीय जिल्ला सभापतिहरू मंगलबारदेखि सानेपामा धर्ना बस्ने नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
उनीहरुले शनिबार देउवालाई इमेलमार्फत तीन बुँदे मागपत्र बुझाउँदै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरेका थिए।