एजेन्सी । तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाउने स्पष्ट गरेको छ।तालिबानका प्रवक्ता सुहैल शाहीनले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाउने स्पष्ट गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
तालीवानी प्रवक्ता शाहिलले अमेरिकी राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बाचा गरिसकेको भन्दै समयसिमा पछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिने प्रतिक्रिया दिएको बताइएको छ ।
यसमा कुनै परिवर्तन भएको खण्डमा ठुलै परिणाम भोग्नुपर्ने तालीवानको चेतावनी छ । यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन गु्रप–सेभेन देशको बैठकमा राष्ट्रपति बाइडेनसँग काबुलमा अमेरिकी सेनालाइ थप समय राख्न सुझाव दिएका छन् ।