काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा लाग्न प्रेरित गर्दै माधव नेपालको पक्षा उभिएका एमाले केही नेताहरुले अन्तिम अवस्थामा आएर नेपालको साथ छोडेका छन् ।
अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भनेर ओलीको विरोधीका रुपमा रहेका भीम रावल,सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट,रघुजी पन्त,अष्टलक्ष्मी शाक्य,भीम आचार्य र घनश्याम भुसालले नेता नेपाललाई छोडेका छन् । यी नेताहरु ओलीको विपक्षमा लागेका थिए। उनीहरु अब नेपालपक्षबाट अलग्गिएका छन्।
नेपाललाई शुरुदेखि नै साथ दिएका रामकुमारी झाक्री, विरोध खतिवडा,मेटमणि चौधरी,मुकुन्द न्यौपाने, डा. विजय पौडेल,डा. बेदुराम भुसाल, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरुदेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ लगायतका नेताहरुले भने अन्तिम सम्म नेपाललाई नै साथ दिएका छन् । आज निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउँदा यी नेताहरुले नेपाललाई साथ दिएका हुन् ।