काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले अफगानिस्तानबाट १५ हजार नेपाली फिर्ता ल्याउने काममा सरकार पन्छिन खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद बस्नेतले भने, ‘अफगानिस्तानमा अलपत्र परेका १५ हजार जनतालाई फिर्ता ल्याउने कुरामा सरकार किन ढिला गरिहेको छ ? अलनाइन फर्म भरेर समिति बनाएर सरकार पन्छिन मिल्छ ?’
अघिल्लो सरकारले चाइनाको बुहानबाट विद्यार्थीहरुको उद्दार गर्ने क्रम होस् चाहे अफगानिस्तानमा सुसाइट बमबाट हत्या भएका २४ जनालाई उद्दार गर्ने क्रममा जुन खालको भूमिका खेल्यो, त्यो कुरा यो सरकारले सिक्नु आवश्यक रहेको बस्नेतले बताए ।
जयसिंह धामी प्रकरण आज १८ दिन हुँदा पनि सरकार यस बिषयमा गम्भीर हुन नसकेको अरोप लगाउँदै बस्नेतले भने ‘जयसिंह धामी प्रकरणमा उनी हराएको आज १८ दिन हुँदा पनि १० दिने आयोग कहाँ बेपत्ता भएको छ ? यो जनताले खोजिरहेका छन् । ’
वर्तमान सरकारले अघिल्लो सरकारले गरेको राम्रा कामलाई निरुत्साहित गर्ने काम मात्र गरेको बताउँदै सांसद बस्नेतले वर्तमान सरकारले नयाँ काम केही पनि गर्न नसकेको बताए । उनले भने, ‘विगतमा जसरी सरकारलेजनताको पक्षमा काम गरिरहेको थियो । वर्तमान सरकारले काम गरिरहेका राजदूतलाई हटाउने, नयाँ सरकार बनाउन नसक्ने, पराराष्ट्रमन्त्री बनाउन नसक्ने, के फेरि आन्दोलन गर्नुपर्ने हो ? फेरि केपी ओलीको सरकार ल्याउनुपर्ने हो ? यो नेपाली जनताको आवाज छ । यसतर्फ ध्यान जाओस् ।’
वर्तमान अवस्थामा जनताले केपी ओलीको सरकारको अभाव महसुस गरेको बताउँदै बस्नेतले भने, ‘जनताले ह्वी मिस केपी ओली भनिरहेका छन् ।’