काठमाडौं । प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
समितिको आजको बैठकले कोभिड १९ विरुद्धको खोप सबै नेपालीले लगाउन पाउनेगरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो ।
त्यसैगरी समितिले तोकिएको लक्षित समुहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । फ्रन्टलाइनका काम गर्ने मजदुर, श्रमिक, व्यवसायी, शिक्षक, विद्यार्थी लगायतलाई प्राथमिकतामा राख्न पनि समितिले सरकारलाइृ सुझाव दिएको छ ।
त्यसैगरी कोभिडको तेस्रो लहर आउनसक्नेमा सचेत हुँदै आईसियू, अक्सिजन, भेन्टीलेटर र जनशक्ति थप गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिनुपर्ने पनि समिति सभापति जयपुरी घर्तीले बताए ।
समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज सम्ममा १ करोड ५ लाख खोप उपलब्ध हुने बताएका छन् । उनले जापानबाट ८ लाख र भुटानबाट ३ लाख खोप आइतबार सम्ममा आउने जानकारी दिदैँ साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाइने पनि बताए ।
व्यवस्थापन पक्षलाई ध्यान दिदैँ काठमाडौंमा १५० खोपकेन्द्र, ललितपुरमा ७७ र भक्तपुरमा ३८ खोपकेन्द्र पु¥याइएको पनि उनले उल्लेख गरे । जनगुनासोलाई सम्बोधन गर्दै सबै जिल्लाबाट क्यू आर कोडसहित सर्टिफिकेट दिने व्यवस्था मिलाइएको पनि राज्यमन्त्री श्रेष्ठले बताएका छन् ।