काठमाडौं । पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्ष चयन गर्ने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । वाईसीएलले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मा पार्टीका अध्यक्ष प्रचण्डलाई दिएको हो ।
माओवादी केन्द्रका एक नेताले भने, ‘वाइसीएल नेतृत्वका सन्दर्भमा सरसल्लाह गरी अध्यक्षले टुङ्गो लगाउने भन्ने भएको छ।’ भदौ १२ गते शनिबार शुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि हालका उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुवोधराज शेर्पाली दावी गरेका छन् ।