कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । गए राति भएको खेलमा उपाधि दाबेदार मानिएको बार्सिलोनाले इल्चेलाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो ।
खेलको ४८औँ र ६८औँ मिनेटमा मेस्सीले गोल गरे । ७३औँ मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ । इल्चे २१ अंकसहित रेलिगेसन जोनमा कायम रहेको छ ।