काठमाडौंको आजको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको हो ।
मौसमविद् विभूती पोखरेलका अनुसार आज दिउँसो काठमाडौंमा तापक्रम १७–१९ डिग्री सेल्सियससम्म पुग्ने छ । काठमाडौंको मौसम दिउँसो सफा नै रहन्छ ।
तराईमा अहिले बाक्लो हुस्सु रहेको छ । धेरै ठाउँमा अपराह्न्नसम्म हुस्सु हटे पनि कतिपय ठाउँमा साँझसम्म नै रहने उहाँको भनाइ छ । तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्न आवश्यक सतर्क हुनुपर्नेमा उहाँको जोड छ ।
देशका प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पोखरलले बताउनुभयो ।