गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओे) आउनु भएको छ । जिल्लामा सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आउनु भएको हो ।
११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा ३९औं प्रमुख जिल्ला अधिकारी हुनु भएको हो । यसअघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि उहाको गुल्मी सरुवा भएको हो ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेको ५० वर्षे इतिहासमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओे) पाएको हो । २०२७ सालदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओे) रहेको इतिहासमै महिला भने आएका थिएनन् ।
कार्यभार सम्हालेपछि सीडीओ शर्माले जिल्लास्थित विभिन्न क्रियाशील राजनैतिक दल, पत्रकार, संघसंस्थाहरुका प्रमुखहरुसँग परिचयात्मक कार्यक्रम र जिल्लाको वस्तुस्थितिको बारेमा समेत जानकारी लिनु भएको छ ।