गाउँलेहरुबीच विवादपछि झडप हुँदाएकजना स्थानीयबासिन्दाको मृत्यु भएपछि नेपालगन्जसँगै जोडिएको बनियागाउँचार दिनदेखि तनावग्रस्त बनेको छ । बनियागाउँलाई नेपालप्रहरी र सशस्त्रप्रहरी बलका सुरक्षाकर्मीले घेरेर राखेका छन् ।कुनै पनि बेलागाउँलेहरुबीच झडप हुन सक्ने त्रासले स्थानीयबासिन्दाचार दिनदेखि ढुक्कसंग निदाउनसमेत पाएका छैनन् ।
गाउँको बाटो, जग्गाका कारण गाउँकागाउँलेबीचभएको विवाद स्थानीयतहको निर्वाचनपछि राजनीनिकदुश्मनीमा परिणत भएको थियो। विवादमंसिर १५ गते पूर्णिमाकादिनलागेको मेलापछि झडपमा परिणत भएको हो ।यही झडपमा बनियागाउँका ४५ वर्षीय धनिरामयादवको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका छन् ।
धनिरामको मृत्यु भएको तीन दिनपछि आफन्तहरुले अस्पतालबाट शवबुझेर दाहसंसकार गरे पनिगाउँमा डर र त्रासको अवस्थाकायमै रहेको स्थानीयदिलाबर बागबानको भनाइ छ । पीडितका आफन्तहरुले घटनामा दिनेश कादुसहित १७जना संलग्न रहेको दाबीगर्दै किटानी जाहेरी दिएका छन् ।घटनामा संलग्न रहेका दुईजनालाई पक्राउ गरी प्रहरीले कानुनी कारबाही सुरु गरेको छ। किटानी जाहेरी परेकाअन्ययुवाहरु भने फरार रहेका छन् ।