दोहा । ३० वर्षीय इन्स्टाग्राम मोडल इभाना कतारमा जारी विश्वकपमा खेलाडीभन्दा बाहिर सबैभन्दा चर्चित अनुहार हुन्।
क्रोएसियाले विश्वकपको क्वाटरफाइनलमा पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गरेपछि क्रोएसियाली मोडल इभाना नोको पनि चर्चा चुलिएको छ ।

मिस क्रोएसियाको ताज पहिरिसकेकी इभाना शुक्रबार पनि रंगशालामा उपस्थित भएकी थिइन। यतिबेला उनको ‘हट’ पोसाक देखेर सुरक्षाकर्मीले विशेष निगरानीमा राखेका थिए। कतारमा महिलाहरूलाई आधुनिक पहिरनमा हिँडडुल गर्न कानुनले बन्देज गरेको छ।

इभानाको इन्स्टाग्राममा १८ लाख फलोअर्स छन्।
