काठमाडौं । विश्व खेलकुदको महाकुम्भ मेला जस्तै मानिने फिफा विश्वकप आउन अब केहिदिन मात्र बाँकी छ ।
विश्वकप फुटबलमा सहभागी हुने सबै ३२ देशले आआफ्नो टोली घोषणा गरिसकेका छन् ।
फुटबल स्टार लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टीनाले पनि यसअघि नै आफ्नो टोली घोषणा गरिसकेको छ । मेस्सीलाई विश्वकप जित्ने यो अन्तिम मौका पनि हो किनकी यो विश्वकप मेस्सीका लागि अन्तिम पनि भनिने गरेको छ ।
विश्वकप यहि मंसिर ४ गते कतारमा सुरु हुँदैछ । विश्वकप अघिको तयारी खेल खेल्न मेस्सी सहितको अर्जेन्टिनी टिम अहिले युएई पुगेको छ ।



