काठमाण्डौ । सगरमाथा क्षेत्रमा रहेको हिउँ चितुवाको फोटो अहिले चर्चामा छ । अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको आकर्षक फोटो खिचेकी हुन् ।
पवलोस्कीले अक्टोबर ८ तारिखमा आफ्नो क्यामेरामा कैद गरेको हिउँ चितुवाको फोटो आफ्नो वेब पेजमा प्रकाशन गरेकी छिन् ।
पाँच हजार चार सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको फोटोग्राफर पवलोस्कीले आफ्नो वेबसाइटमा उल्लेख गरेकी छिन् ।
चितुवाको पाइला देखेपछि पाइला पछ्याउँदै कठिन रुपमा पहाड चढ्दै अघि बढ्दा फोटो खिच्न सफल भएको उनले बताएकी छिन् ।



