काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षण आजदेखि सकिएको बताएको छ । गत जेठ २४ गतेदेखि सुरु भएको प्रशिक्षण असार ३२ सम्म संचालन भएको थियो ।
बिभिन्न २३ खेलको प्रारम्भिक चरणको प्रशिक्षण सकिएको हो । चीनमा हुने १९ औं एसियाली खेलकुद खेलकुदका लागि राखेपले प्रशिक्षण सुरु गरेको थियो ।
राखेपले महिला भलिबल, महिला फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती , भारोत्तोलन , आर्चरी ,बास्केटबल, ब्याडमिन्टन, सुटिङको फेन्सिङ, ह्यान्डबल, कबड्डी ,टेबलटेनिसको प्रशिक्षण सुरु भएको थियो ।
चीनमा हुने भनिएको एसियन गेम्स कोरोना महामारीका कारण अनिश्चितकालका लागि सरेको थि यो । राखेपले प्रारम्भिक चरणमा ४० दिनको प्रशिक्षण राखेको बताएको छ ।