काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली आज बिहान स्वदेश आइपुगेको हो ।
वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । यूएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको थियो ।
समूह चरणमा समूह विजेता बनेर फाइनल पुगेको यूएईले मलेसियालाई हराएर उपाधि जितेको छ । सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन सकेन ।