काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न ठाउँमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
त्यस्तै, आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।