काठमाडौं । ६ वटा महानगरपालिकामा आज बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । काठमाडौंमा आज बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ । हिजो राति बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय भएको हो ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान मात्रै मतगणना सुरु हुने भएको छ । गएराति नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा सहमति नजुटेपछि आज बिहानदेखि मात्रै हुने भएको हो ।
मोरङको विराटनगर महानगरपालिकामा पनि आज मात्रै मतगणना सुरु हुने भएको छ । हिजो बसेको सर्वदलीय बैठकले आज बिहान मतगणना गर्ने निर्णय गरेको हो ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुनेछ । पर्साको वीरगञ्ज महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ ।