काठमाडौं। सेयर बजार लगातार चौथो दिन पनि घटेको छ। गत आइतबारदेखि लगातार घटिरहेको सेयर बजार परिसूचक नेप्से बुधबार पनि ३८ दशमलव ४५ अंक घट्दै २७ सय ७६ दशमलव ६१ विन्दुमा झरेको छ।
आज सबै समूहको सेयर उच्च अंकले ओरालो लागेको छ। यसदिन ९३ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ।
सबैभन्दा धेरी अपी पावर कम्पनीको १६ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। समग्र बजार राताम्मे हुँदा पनि विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ।