भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला संठगठन कमिटी गठन गरिएको छ ।
नेकपा (एमाले)का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतको अध्यक्षतामा ७७ सदस्यीय नयाँ जिल्ला संठगठन कमिटी गठन गरिएको हो ।
नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले)को समानान्तर जिल्ला समितिका सचिव थिए । समितिका उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन भएका छन् ।
नव गठित जिल्ला कमिटी सदस्यहरुमा, राजेन्द्र श्रेष्ठ, बिनोद के सी, ज्ञानेन्द्र थापा, बिष्णु कायस्थ, बासुदेव खड्का, शान्ति खड्का, नवराज काफ्ले, निराकार भारती, मोहन पौडेल, सुमन केसी, बलराम बमेगटि (मिजार), सन्जिब लामिछाने, रीता अवाल, एम बि दुमरु, नारायणबहादुर नायभा, सर्बग्यरत्न बज्राचार्य, लक्ष्मीप्रसाद श्रेष्ठ, डा. राजेन्द्र कोजु, न्हुछे प्रजापति, कृष्णप्रसाद भेले, दिपकराज खत्री, केशब खत्री, बिष्णु गुमाजु, लोककृष्ण दाहाल, हेमन्त खड्का, राजेशसिंह देउजा, पृथ्बीराम सुवाल, दिलिप केसी, सरस्वति घिमिरे, कमलप्रसाद न्यौपाने, ध्रुब न्यौपाने, के.पी अर्याल, निरब थापा, विकास कार्की , उत्तम परियार, दिपक थापा चयत भएका छन् ।
यसैगरी खुमानन्द ज्ञवाली, चन्द्रबहादुर तामाङ, सरिता खत्री, तेजकृष्ण श्रेष्ठ, राजन गोसाई, प्रदिप बस्नेत, के बी मगर, झपट भण्डारी, राजभाई जयना, श्याम श्रेष्ठ, बिष्णु सुबेदी, पुन्यरतना रंजित, पूर्णहरि श्रेष्ठ, अमर पौडेल, लक्ष्मी श्रेष्ठ, चन्द्रनारायण श्रेष्ठ, देवराज न्यौपाने, श्याम चौलागाई, माधब ज्ञवाली, दिनेश कार्की, लालबहादुर रोकाया, माधब ढकाल, शुशिला श्रेष्ठ, चित्रबहादुर अछामी, कविता चापागाईं, निर्माण पोखरेल, गोपीकृष्ण लामिछाने, तर्कबहादुर शाही, नबिनप्रकाश श्रेष्ठ, दिलिप बस्नेत, गोविन्द न्यौपाने, रामबहादुर कार्की, छन्द निरौला, कृष्णभक्त पा श्रेष्ठ र रचना लाखेमरु जिल्ला कमिटी सदस्य चयन भएका छन् ।
अन्य पदाधिकारी र सचिवालय सदस्य भने जिल्ला कमिटीको बैठकले निर्णय गर्ने छ ।
नवगठित जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुलाई नेकपा (एकिकृत समाजवादी)का नेता एवम् बागमति प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले सपथ गराएका हुन् ।
नेकपा एमालेमा हुँदा माधवकुमार नेपाल पक्षधरले गठन गरेको समानान्तर जिल्ला कमिटीको आधारमानै नेकपा एकीकृत समाजवादीको जिल्ला संगठन कमिटी गठन भएको छ ।
नवगठित जिल्ला कमिटी अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीको उपस्थितिलाई बलियो बनाइने जानकारी दिए ।