भक्तपुर । ‘हाम्रो सूर्यविनायक राम्रो सूर्यविनायक’ अभियानका युवाहरुको समूह ’परिष्कृत नेपाल’ले आफ्नो अभियान अन्तर्गत नगरपालिकाको सार्वजनिक स्थलको सरसफाइ अभियानको ५२ औं हप्ता पूरा गरेको छ ।
सो अवसरमा सूर्यविनायक मन्दिर परिसर सरसफाई गर्नुका साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।
अभियानले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा तथा सन्तोष परियार, प्रदेश सभा सदस्यहरु किरण थापा तथा सुरेश श्रेष्ठको सहभागितामा सरसफाइ सहित रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
अभियायनले सञ्चालन गरेको रक्तदान कार्यक्रममा ४१ जनाले सहभागिता जनाएको परिष्कृत नेपालका अध्यक्ष विशु थापाले जानकारी दिए ।
हाललाई सरसफाइमा मात्र केन्द्रीत रहेको यो समूहले अब विस्तारै शिक्षा, स्वास्थ्य लगायतका विविध सामाजिक कार्यमा पनि काम गर्दै जाने अध्यक्ष थापाले बताए ।





