काठमाडौं । दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था नेपाली विद्यार्थी समाज, कोरिया (सोनसिक) को शैक्षिक सम्मेलन सम्पन्न भएको छ ।
२६ र २७ नोभेम्बरमा सम्पन्न भएको दुई दिने विशेष शैक्षिक सम्मेलनमा विषय विज्ञबीच अन्तरक्रिया गरिएको थियो ।
सम्मेलनमा कोरिया तथा विदेशका विभिन्न संघ–संस्था तथा विश्वविद्यालयका वैज्ञानिक, अनुसन्धानकर्ता तथा विभिन्न विद्याका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सम्मेलनबाट विभिन्न विधाअनुसार छुट्टाछुट्टै शैक्षिक सत्र चलेका र सम्बन्धित विधाका वरिष्ठहरूलाई उक्त सत्रको नेतृत्व दिइएको सम्मेलनका संयोजक मनोज कुमारले बताए ।
हरेक विधामा हालसम्म भइरहेका विभिन्न अनुसन्धानलाई मौखिक तथा पोष्टर गरी ७० भन्दा बढी प्रस्तुति राखिएको थियो ।
उक्त सम्मेलनमार्फत कोरियामा रहेका विभिन्न विद्या र संकायका विषयविज्ञ तथा विद्यार्थीहरूबीच अन्तरक्रिया गराइएको सोनसिकका अध्यक्ष मनीष पाण्डेले जानकारी दिए ।
उक्त सम्मेलनमा इन्जिनियरिङ, आईटी, प्राकृतिक विज्ञान, मेडिकल, समाजशास्त्र लगायतका विषयका विद्यार्थी तथा विज्ञहरुबीच अन्तरक्रिया गरिएको थियो ।
कोरियाको थेगुस्थित खेम्यङ्ग युनिभर्सिटी अन्तर्गत आइएलआईपीएस इन्स्टिच्युटको ५० औं वार्षिकोत्सवको अवसर सारेर संयुक्त रूपमा आयोजना गरिएको थियो ।