भक्तपुर । आज देशभर गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्छ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ ।
मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ । मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ । उपत्यका विभिन्न स्थानहरु लगायत भक्तपुरमा पनि यस बर्ष गाईजात्रा मनाइएको छ ।
तस्वीर : क्षितिज थापा /क्यापिटल दैनिक