काठमाडौं । नेपाली बजारमा सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा चार सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।
आज सुन तोलामा ९७ हजार ७ सय रुपैयाँमा पुगेको छ भने चाँदी आज १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको
महासङ्घले जनाएको छ ।