पोखरा । नेपालमा आन्तरिक पर्यटक तथा बाह्यपर्यटकका लागि मार्दी हिमालको ट्रेकिङ एक उत्कृष्ट गन्तव्य बनिरहेको छ ।
कास्कीको माछापुच्छ्रे गाउपालिका ९ मा रहेको मार्दि हिमाल सबैका लागि सहज हिमाली संसार हो । यहाँको बास्तविक मज्जा भनेको नजिकै हिमालसँग मित लगाउन पाईन्छ । सजिलै सेतो हिउँलाई चुम्न पाईन्छ । विश्वमै प्रख्यात पदमार्ग अन्नपूर्ण सर्किटभित्रको एक हो मार्दी हिमाल बेसक्याम्प रुट । हिउँले सजिएको मार्दी हिमालका दृश्यहरु निकै मनमोहक देखिन्छन् ।
यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे मनास्लु लगायत हिमाल देखिन्छन् । साथै हरियाली जंगल, लोकल बस्तीहरु समेत अवलोकन गर्न पाइन्छ ।

मार्दी हिमाल ट्रेक जुनसुकै बेला गर्न सकिन्छ तर अक्टोबर र मार्च भने सुविधाजनक यात्रा हुन्छ । यो हिमालको पदयात्रा कम सुनिएको भए पनि असाध्यै सुन्दर पदयात्रा छ । रोचक कुरा के छ भने यो यात्रा अन्य हिमाल जस्तो गाह्रो पनि छैन । खर्चका हिसाबमा पनि यो कम खर्चिलो छ भने समयका हिसाबमा पनि काठमाडौँबाट पाँच दिनको यात्रामा सम्पन्न गर्न सकिन्छ ।
ट्रेकिङ र फोटोका सौखिन अभिशेष मानन्धरले केहि दृश्य कैद गरेका छन् ।




















