काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अनलाइन माध्यमबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने व्यवस्था मिलाउने भएको छ । अनलाइन एप्लिकेशनबाटै बुकिङ गरी कोषलाई पैसा पठाएर विभिन्न प्रकारका पूजा गरिने प्रणाली सञ्चालन गर्न लागिएको जनाइएको छ ।
कोषले विश्वभर छरिएर रहेका हिन्दुधर्मावलम्बीहरुको पशुपतिनाथ प्रतिको आस्था र झुकावलाई मध्यनजर गर्दै विशेष अनलाइन पूजा सेवा सञ्चालन गर्न लागेको जनाएको छ । यो अनलाइन प्रणालीबाट पूजा गर्नका लागि पूजाका प्रकार अनुसार २५५ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।
एमाले नेता योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला पशुपतिनाथको ई–पूजा एप्लिकेशनको उद्घाटन भएको र शिवरात्रिपछि यस्तो सेवा उपलब्ध हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।