नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा एक सयले घटेर तोलाको ९० हजार ८ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १३ सय ३५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।