काठमाडौं । स्वास्थ्यका क्रियाशील १३ वटा संगठनले १८ बुँदे माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । आज नागरिकको निःशुल्क उपचार लगायत स्वस्थ जीवन जिउन संविधानले दिएको अधिकारप्रति सरकार गम्भीर नभनेको भन्दै स्वास्थ्यमा क्रियाशील सम्पूर्ण सरोकारवाला संगठनहरुले १८ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।
संगठनहरुले २१ दिनभित्र माग पूरा गरी नागरिकप्रति आफ्नो दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा भविष्यमा आउने समस्याको जवाफदेही नेपाल सरकार हुनुपर्ने संगठनहरुको ज्ञापनपत्रमा उल्लेख छ । साथै संगठनले माग पूरा गर्न सहयोग गरिदिन जनसमुदाय, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सरोकारवाललाई अनुरोध गरेका छन् ।