काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।
नयाँ वरीयताको टी–ट्वान्टीतर्फ नेपाल १३ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार हुँदै आइरहेको हो ।
नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् ।
चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ । नेपालले एकदिवसीय वरीयतामा समेत सुधार गरेको छ । एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।
यस अघि १७ औं स्थानमा रहेको थियो । एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।