काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल दिउँसो सँवा १२ बजेबाट सुरु हुनेछ ।
उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्स आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो । मलेसिया पनि पहिलो खेलमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने योजनाका साँथ मैदानमा उत्रिने छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।