राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र वालिङबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।
दुबै टोली मैदान उत्रदो जितको खोजीमा हुनेछन । यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले विरानगरसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र विराटनगरबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।