नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबको कप्तानी गर्ने भएका छन् ।
प्रधानमन्त्री कप माघ २ देखि १७ सम्म टीयू र मुलपानी मैदानमा हुँदैछ । एपिएफ समूह ए मा छ । समूह ए मा एपिएफसँगै त्रिभुवन आर्मी, गण्डकी, प्रदेश १ र कर्णाली छन् ।
एपिएफले माघ ३ मा पहिलो खेल प्रदेश १ विरुद्ध टीयूमा खेल्दै सुरुवात गर्ने छ । एपिएफले माघ ८ मा मुलपानीमा गण्डकीसँग खेल्ने छ । माघ १० मा कर्णालीसँग टीयूमा खेल्ने छ । यस्तै माघ १२ मा एपिएफले आर्मीसँग टीयूमा खेल्ने छ ।