एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटी रेलिगेशन क्षेत्रमा रहेको फुलहमसंग पराजित भएको छ । गएराति घरेलु मैदानमा लेस्टर सिटी फुलहमसंग २–१ ले पराजित बनेको हो ।
पाहुना टोली फुलहमले खेलको ३० औं मिनेटमा एडमोला लुकम्यानको गोलबाट खेलमा अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि इभान काभालेरोले पेनाल्टीमा गोल गर्दै फुलहमको अग्रता दोब्बर बनाएका थिए । यसअघि फुलहमले तीन पेनाल्टी खेर फालेको थियो । तर इभानले प्राप्त पेनाल्टीलाई गोलमा बदले ।
अघिल्लो खेलमा लेस्टर साविक विजेता लिभरपुलसंग ३–० ले पराजित बनेको थियो । फुलहमले सिजनको दोस्रो जित निकालेको छ । र रेलिगेशनको ठाउँबाट माथि उक्लिएको छ । लेस्टर भने शीर्ष स्थानको टोटेनहम भन्दा तीन अंकले पछाडी परेको छ ।
शीर्ष स्थानको टोटेनहमले २१ अंक छ । लेस्टर १८ अंक सहित चौथो स्थानमा छ । फुलहम ७ अंक सहित पुछारबाट चौथोमा छ । अर्को खेलमा वेस्ट ह्यामले एन्टन भिल्लालाई पराजित गर्दै तालिकाको शीर्ष ५ मा उक्लिएको छ ।
दोस्रो हाफको पहिलो मिनेटमै गारोड बावेनले गोल गर्दै घरेलु टोलीका जित सुनिश्चित गरेका थिए । जित सहित वेस्ट ह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शीर्ष स्थानको टोटेनहम भन्दा वेस्ट ह्यामको चार अंक कम छ । एन्टन भिल्ला १५ अंक सहित तालिकाको १० औं स्थानमा छ ।