एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा न्युकासलले क्रिस्टललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
क्रिस्टलको मैदानमा न्युकासललाई जित दिलाउन कलुम विल्सन र जोलिनटनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम तीन मिनेट भित्र दुई गोल गर्दै न्युकासलले जित निकालेको हो ।
खेलको ८८ औं मिनेटमा विल्सनले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा जोलिनटनले गोल गर्दै न्युकासललाई २(० को जित दिलाए । उनको यो पहिलो प्रिमियर लिग गोल हो ।
जितसँगै न्युकासलले १० खेलमा १४ अंक जोडेको छ । न्युकासल दशौँ स्थानमा उक्लिएको छ । क्रिस्टल १३ अंक जोडेर १३ औं स्थानमा झरेको छ ।