काठमाडौं । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दसैँ मनाएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सहित नेपाली टिमका सबै सदस्यले टीका, जमरा लगाएर दसैँ मनाएका हुन् । नेपाली फुटबल दसैँ मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ ।
साफ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरिसकेको छ । फाइनलमा नेपालले भोलि राति ८ः४५ बजे भारतको सामना गर्दैछ ।