काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आगामी टि२० विश्वकप क्रिकेट प्रतियोगितापछि टोलीको कप्तानी नगर्ने घाेषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले अक्टोबर–नोभेम्बरमा युएईमा आयोजना हुने टि-२० विश्वकप क्रिकेट प्रतियोगितापछि टोलीको कप्तानी छोड्ने घाेषणा गरेका हुन् ।
कोहलीले ट्वीट गरेका छन्, ‘यो निर्णयमा पुग्न सजिलो थिएन। रवि दाइ (रवि शास्त्री प्रशिक्षक) र रोहित शर्मासँग लामो कुराकानीपछि मैले यो निर्णय गरेको हुँ। म टि-२० विश्वकप पछि कप्तानी छोड्नेछु।’