काठमाडौं । एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको बैकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।