काठमाडौं । कलंकी केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । राती १ बजे कलंकी केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गएराति १ बजेर ५९ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो । भूकम्पको धक्काले क्षति पु¥याएको छैन ।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा आठ हजार बढीले ज्यान गुमाएका थिए भने कयौं भौतिक संरचना क्षतिग्रस्त भएका थिए ।