काठमाडौँ - काठमाडौँको टोखा नगरपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत स्थित नाछ्यु नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सन् २०१९ को अगष्ट १३ तारिखका दिनभगिनी सम्बन्ध स्थापनाको प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका दुई नगरले आज विस्तृत समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
एक भर्चुअल कार्यक्रमको आयोजना गरी टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी र नाछ्यु नगरपालिकाका नगरप्रमुखसाइरेन लाङ्गोङले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । भगिनी सम्बन्ध स्थापनाका लागि टोखा नगरपालिकाको छैठौँ नगर सभा मार्फत स्वीकृति प्रदान गरे पनि मन्त्रीपरिषद बैठकबाट भने स्वीकृति प्राप्तगर्ने तयारी मै रहेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगरप्रमुख अधिकारीले नेपाल—चीनबीच परापूर्व कालदेखि नै घनिष्ठ सम्बन्ध रहिआएको बताउनुभएको छ । इतिहासदेखि नै नेपाल र चीनबीचआर्थिक, सामाजिक र साँस्कृतिक रुपले सम्बन्ध स्थापितभएको उँहाको भनाई थियो । त्यस्तै गतबर्ष चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण दुई देशको मित्रताको कोशेढुंगा सावित भएको उँहाले बताउनुभयो ।
नाछ्यु नगरपालिकाले कोभिड १९ नियन्त्रणमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराएको स्मरण गर्दै नगरप्रमुख अधिकारीले नाग्कुमा कोभिड विरुद्दको खोप सफलतापूर्वक प्रयोगमा आएपश्चात त्यसको लाभ लिन सक्ने कुरामा आशावादी रहेको समेत बताउनुभएको छ ।