काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस लामोसाँघु जिरी सडक खण्डमा दुर्घटना भएको छ। बसको ब्रेक फेल भएर ६ किलो नजिकै बस दुर्घटना भएको बताइएको छ । बस भित्तामा ठोक्किएर अडेको छ ।
दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।