काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको हुँदा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।