एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षय कुमारकी आमा अरुणा भाटियाको बुधबार बिहान उपचारको क्रममा निधन भएको हो । केही दिनदेखि अक्षय कुमार एउटा फिल्मको सुटिङका लागि विदेशमा थिए । आमाको स्वास्थ्य अवस्था बिग्रिएपछि दुई दिनअघि मात्र उनी मुम्बई आएका थिए ।
उनको आमालाई ३ सेप्टेम्बरमा हीरा नन्दानी अस्पतालमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा निधन भएको हो । बुधबार दिउँसो अरुणको मुम्बईको जुहुस्थित पवनहंस स्मसान घाटमा अन्तिम संस्कार गरिएको छ ।
सो अन्तिम संस्कारमा बलिउड अभिनेता तथा निर्देशक रितेश देशमुख, सोहित सेठ्ठी, साजिद खान, रमेश तोरानी, मोराद खेतानसहित विभिन्न सिनेकर्मीहरू पुगेका थिए । अभिनेता अक्षयले आमालाई चाहेर पनि आफूहरूले बचाउन नसकेको बताएका छन् ।