काठमाडौ । चीनका राष्ट्रपति सी चिन फिङले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेर तिब्बतको गुणस्तरीय विकास र स्थिरतामा जोड दिएका छन् । सी ३ दशकयता तिब्बतको सम्बृद्धि–विकास र स्थिायीत्वका बिषयमा प्रत्यक्ष अवलोकन गर्ने पहिलो चिनियाँ राष्ट्रपति हुन् । त्यसैले पनि यो पछिल्लो तिब्बत भ्रमणका बिषयमा नेपाल भन्दा बढी भारत र पश्चिमा मुलुकले बढी चासो देखाएका छन् ।
यता परराष्ट्रविद् तथा नेपाल चीन मामिलाविज्ञ हिरन्यलाल श्रेष्ठले नेपालको आँखाले हेर्दा सी को भ्रमणपछि तिब्बत अझ सम्बृद्ध बन्ने र यसको सकरात्मक लाभ नेपालले पाउने बताए । सन् २०१३ मा राष्ट्रपति पद सम्हालेपछि सीको पहिलो तिब्बत भ्रमणलाई पश्चिमा सञ्चारमाध्यमले अनेक कोणबाट व्याख्या गरेपनि राष्ट्रपति सी ले तिब्बतलाई मूल भूमीको जस्तै गुणस्तरीय विकास–प्रविधि–सम्भावना भन्दा अलग राख्न नहुने कुरामा जोड दिएको बताउंदै परराष्ट्रविद् श्रेष्ठले अमेरिका तथा पश्चिमा शक्तिराष्ट्रको उक्साहटमा भारतले चीनसँग सिमा क्षेत्रमा सृृजना गर्ने गरेको द्धन्द्ध न्यूनिकरणका लागि पनि यो भ्रमण सन्देशमूलक रहेको दावी गरे ।
क्यापिटल एफएमको नियमीत कार्यक्रम सिधा कुरासंगको सम्वादमा कुटनीतिज्ञ श्रेष्ठले– रेल–सडक तथा अन्य पूर्वाधार विकासले तिब्बत क्षेत्र सम्बृद्ध बनिसकेको अवस्थामा राष्ट्रपति सी ले अब तिब्बत क्षेत्र कमजोर छैन र पछाडी छैन भन्ने सन्देश दिएको पनि बताए । हिमाली क्षेत्र दुर्गम छैन र हिमाली क्षेत्रमा अब विकास र प्रविधि संगै चीनको सैन्य उपस्थिति पनि बलियो बनेको छ भन्ने सन्देश बेईजिङले अमेरिकालगाएतका मुलुकलाई दिएको पूर्वराजदूत श्रेष्ठले टिप्पणी गरे ।
तिब्बतको सम्बृद्धि र विकाससंग जोडीएको नेपालको सम्भावना बारे पूर्वराजदूत श्रेष्ठले भने, नेपालले सन्तुलित् विदेश नीति अंगिकार गर्ने र चीनको सद्भाव र सहयोगलाई सकरात्मक रुपमा लिने हो भने तिब्ब्तको विकासको लाभ नेपालले लिन सक्छ । यसका लागि हुलाकी मार्ग जस्तै चीनसंग सिमा जोडीएको १४१४ किलोमिटर लक्षीत पहाडी मार्गमा केन्द्रित हुनुपर्छ । तर अमेरिकी, भारतीय तथा पश्चिमा मुलुकबाट पालीत् पोषीत कर्मचारीतन्त्रका कारण नेपालले ४ बर्ष यता बेल्ट एण्ड रोड इनिसियटीभ अन्तर्गत्को परियोजना छनौटसम्म गर्न नसकेको श्रेष्ठले विश्लेषण गरे ।
एमसीसीवादी अर्थमन्त्री, राजदूत र कर्मचारी रहंदासम्म नेपालले चीनको सम्बृद्धिबाट पर्याप्त लाभ लिनसक्दैन, परराष्ट्रविद् श्रेष्ठले बताए । उनले कोरोना महामारीको समयमा चीनले देखाएको सद्भाव र सहयोग, भुकम्पको समयमा चीनले गरेको सहयोग, पूर्वाधार विकासका क्षेत्रमा चीनले गरिरहेको सकरात्मक सहयोग उपेक्षा गर्दै, नेपालका राजनीतिक दल तथा कर्मचारीहरु दुःख दिने छिमेकी र स्वार्थको गेम खेल्ने शक्ति राष्ट्रको प्रभावमा पर्दै आएको टिप्पणी समेत गरे ।
अर्काको सूरक्षा पुच्छर बनेर नेपालले राष्ट्रिय स्वार्थ र छिमेकीको सुरक्षा स्वार्थ उपेक्षा गर्ने हो भने दुई छिमेकी मुलुक बीचको द्धन्द्धमा फस्न सक्ने परराष्ट्रविद् श्रेष्ठले विश्लेषण गरेका छन् ।