काठमाडौं । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभाव रहँदा आज देशका तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
हाल देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अपराह्न सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा फाटफुट/हल्का वर्षाको समेत सम्भावना रहेको छ ।