प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले निर्माणाधिन नागढुंगा सुरुङमार्गको अवलोकन निरिक्षण गर्नुभएको छ ।
निरिक्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नागढुंगा–नौबिसे सुरुङमार्गले गति लिएको बताउनुभयो । उहाँले निर्माणको गतिलाई हेर्दा समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।
सुरुङमार्ग आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोग र नेपालको समेत लगानीमा निर्माण भइरहेको छ । सुरूङमार्ग निर्माणको जापनीज निर्माण कम्पनी हाजमा एण्डो कर्पोरेशनले गरिरहेको छ ।