कृषि तथा पशुपन्छी विकासमन्त्री अपदमाकुमारीर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताउनुभएको छ ।
आज भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले आफू आउनुभन्दा अगाडि नै गरिएको ठेक्का र त्यसमा भएको सम्झौताका बारेमा कृषि सामग्री कम्पनीसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको बताउनुभयो ।
राज्य कोषलाई २९ करोड रुपैयाँ भन्दाबढी आर्थिक भार पर्ने गरी सम्झौता गरिएको हो भन्ने प्रश्नमा मन्त्री अर्यालले आफूहरुको यसमा संलग्नता नभएको उहाँको भनाइ छ ।
मन्त्री अर्यालले मल ल्याउन सक्ने वा नसक्ने कुरा मन्त्रीको सफलता वा असफलतासँग जोड्ने गरिएको भन्दै यसपटक किसानले समयमा नै मल पाउने दाबी गर्नुभयो ।
मन्त्री आर्यालले मलको दीर्घकालीन समस्याको समाधान गर्न देश भित्र नै मल कारखाना खोल्ने विषय मन्त्रीपरिषदमा लैजाने तयारी गरिएको जानकारी दिनुभयो ।