नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल आज उद्घाटन गर्नुभएको छ । पौडेल आज कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुग्नुभएको हो ।
हिजो जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।आज भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेको छैन ।