एजेन्सी । एल साल्भाडोरस्थित एक फुटबल स्टेडियममा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । स्थानीय टिम अलिआन्जा र फासबीच कसकटल्याण्ड स्टेडियममा प्रतिस्पर्धा भइरहेको बेला समर्थकहरुबीचको ठेलमठेलले उक्त दुर्घटना भएको हो ।
गेटहरु बन्द भएपछि पनि ठूलो संख्यामा फुटबल समर्थकहरु रंगशालामा प्रवेश गर्न खोज्दा भिडमा किचिएर १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । लगत्तै खेल स्थगित गरिएको थियो ।
राष्ट्रपति नायब बुकेले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान सुरु गर्ने बताएका छन् । कसैले नक्कली टिकट बेचेको र सोही टिकटमार्फत् भित्र प्रवेश गर्न खोजेका समर्थकलाई सुरक्षाकर्मीले रोक्न खोज्दा उक्त घटना भएको बताइएको छ । नक्कली टिकट बेच्नेको खोजी भइरहेको र घटनाबारे अप अनुसन्धान जारी रहेका त्यहाँका सुरक्षाकर्मीले बताएका छन् ।