काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभजन लिगको पाचौं चरणमा आएर अंक जोडेको छ । लगातार चार खेल हारेको पुलिसले शनिबार एनआरटीसँग १–१ को बराबरी खेल्दै १ अंक जोडेको हो ।
दशरथ रंगशालामा भएको खेलमा सञ्जीव विष्टले ६४ औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर ७५ औं मिनेटमा पुलिसमा प्रताप गुरुङले गोल गर्दै खेल बराबरी गरे ।
बराबरीपछि दुवै टोली रेलिगेसन जोनमै छन् । एनआरटीको यो दोस्रो बराबरी हो । एनआरटीको २ र पुलिस १ अंकका साथ क्रमशः १३ औं र १४ औं स्थानमा छ ।